नेपाल भारत सुरक्षा बैठकः सीमा ७२ घण्टा बन्द हुने

डिसी नेपाल
१९ कार्तिक २०७९ १८:२७
380
Shares

भैरहवा । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारतका सुरक्षा निकाय र प्रशासनबीच सीमा सुरक्षा बैठकले ७२ घण्टा सिमा नेपाल भारत सीमा बन्द गर्ने निर्णय गरेको छ ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि शनिबार नेपालतर्फबाट रुपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिम तथा भारततर्फबाट सिद्धार्थनगर, महाराजगंजका सुरक्षा अधिकारीहरु बीच भएको बैठकले मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म दुवै पक्षबाट वोर्डर बन्द (सिल) गर्ने निर्णय गरेको हो ।

बैठकले सिमावर्ती क्षेत्रमा दुवै पक्षबाट कानुनको परिपालना गराउने, सबै प्रकारका गैर कानूनी कार्यहरु नियन्त्रणका लागि तत्काल सूचना आदानप्रदान गर्ने , सिमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानवबेचबिखनका विषयमा जनचेतनाका कार्यक्रम संचालन गर्ने, निगरानी तथा सुरक्षा उपाय अपनाउने जाली नोट नियन्त्रण लगायतका साझा सवालहरुका विषयमा निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *