जाल्पा सामुदायिक लघुवित्तले गयो बम्पर लाभांश दिने घोषणा

डिसी नेपाल
२० कार्तिक २०७९ ११:५७
108
Shares

काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको शनिबार बसेको सञ्चालक समितिको बैठाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ७६.८४२१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले हाल कायम चुक्तापुँजी १६ करोड रुपैयाँको ७३ प्रतिशतले हुन आउने ११ करोड ६८ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ३.८४२१ प्रतिशतले हुन आउने ६१ लाख ४७ हजार ३६८ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.