सेयर बजारमा हरियाली, ४३.२० अंकले बढ्यो नेप्से परिसूचक

डिसी नेपाल
२० कार्तिक २०७९ १५:१४
96
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ। आजको कारोबारमा नेप्से ४३.२० अंकले बढेर १ हजार ९६५.३६ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२८ कम्पनीको ३९ लाख १३ हजार ७७३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ५४ करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी नेस्डो सम्बृद्ध लघुवित्तको भएको छ। यसको आज १० करोड १४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा एभरेष्ट बैंक र तेस्रोमा हिमाल दोलखा हाइड्रोपावरको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचकमध्ये म्युचुअल फण्ड उपसुचकबाहेक सबै उपसुचकमा हरियाली छाएको  छ। आजको कारोबारमा उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था, जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र नेस्डो सम्बृद्ध लघुवित्त वित्तीय संस्थाको सेयर भाउमा सकारात्मक सर्किट लागेको छ।  यी तिन कम्पनीका लगनीकर्ताले अत्याधिक कमाएका छन्।

यस्तै, नबिल इक्युती फण्ड र आरबिबी म्युचुअल फण्ड -१ का लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *