सोमबार घट्यो सुनको मूल्य, चाँदीमा पनि सामान्य गिरावट
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। सोमबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ।
आइतबार प्रति तोला ९४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ८ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको हो। आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment