कात्तिक महिनाको महिमा

कृष्णकृपा दास
२२ कार्तिक २०७९ ६:४८
496
Shares

वैदिक साहित्य अनुसार नदिहरुमा श्रेष्ठ गंगा दिनहरुमा श्रेष्ठ एकादशी, शास्त्रहरुमा श्रेष्ठ वेद र महिनाहरुमा श्रेष्ठ कातिक महिना रहेको छ।वास्तवमा यो महिना भक्ति र अध्यात्मीक प्रगतिका लागि अति महत्वपूर्ण मानिन्छ।

विशेष गरी अरु महिना भन्दा कात्तिक महिना धेरै नै श्रेष्ठ महिना मानिन्छ जसलाई दामोदर महिना पनि भनिन्छ। वैदिक पात्रो अनुसार असोज शुक्ल पूर्णिमादेखि यो महिना शुरु हुन्छ र शरद पूर्णिमासँगै शरद ऋतु पनि सुरुवात हुन्छ। यो महिना साक्षात् राधा रानीको महिना पनि हो।

राधारानीको अर्को नाम कात्तिका हो। सँगै कात्तिका देवी श्रीमती राधारानीको अर्को नाम पनि हो। यस महिनामा राधारानीको सेवाबाट कृपा प्राप्त हुन्छ।

कार्तिक मास लाई उर्जाव्रत भनिन्छ। किनकि श्रीमती राधारानीको अर्को नाम उजेस्वरी हो। जसले यसमहिनामा राधारानीको सेवा गर्छ भने उसलाई भगवान् श्रीकृष्णको भक्ति गर्ने उर्जा प्राप्त हुन्छ। यस महिनामा भगवान्‌ले विभिन्न लीलाहरु गर्नु भएको छ।

सेवाकुन्जमा श्रीमती राधारानीले भगवानलाई रुखमा बाध्नु हुन्छ, भगवान् श्रीकृष्णले सबैभन्दा धेरै लिला गर्नु भएको महिना, गिरीराज पर्वतलाई सात दिन सात रात सम्म उठाउनु भएको, गोपा अष्टमी, बेहुला अष्टमी, राधाकुण्ड श्यामकुन्ड प्रकाटय भएको, देवउथान एकादशी शालीग्राम तुलसी विवहा, नरकाचतुदंसी सँगै धन्वन्तरिको रूपमा भगवान्‌को प्रकाट्या, दिपावली भगवान् रामबन्दले रावणको बध गरेर चौध पछि अयोध्य प्रवेश सत्यभाम र भगायो महिना दिपको महिना र आपसि सदभावको महिना मानिन्छ कात्तिकलाई।

यो महिना चन्द्रमालाल रङको हुनु छ सम्पूर्ण जीवलाई निरोगी बनाउनु छ। रात्रिमा हरिनाम-हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे। हरे राम हरे राम राम राम हरे हरे-संकिर्तन गरिन्छ।

रात्रिमा खिर बनाएर चन्द्रमा देखाइन्छ चन्द्रमाको रोसनिले खिरमा शक्ति प्राप्त हुन्छ। त्यसबाट रोग संग लड़ने शक्ति प्राप्त हुन्छ। चन्द्रमाले रात्रिमा उजालो मात्र होइन अन्न र फलफूलमा रस र स्वाद प्रदान गर्नु हुन्छ। कात्तिक महिना को महिमा को बारेमा स्कन्द पुराणमा व्याख्या गरिएको छ।

कातिक महिनामा पाच कार्य गर्नु अनिवार्य पूर्णरुपमा कात्तिकमास को फल प्राप्त हुन्छ। हरि जागण प्रात स्नानम तुलसी सेवा, नाम उदयान, दिप दान गरिन्छ। नित्य भगवानको नाम जप गर्नु स्नान तुलसी सेवा गर्नु भगवानलाई दिप दान गर्नु, वैष्णवार्य भोजन गराएमा कात्तिक मास पूर्ण हुन्छ।
पुराणका अनुसार

“कातिक खलो बैमासम् सर्वम माशुचे उत्तम ।
पुन्यम् परम पुन्यम् पावनाम्च पावानाम् ॥”

अर्थात्:

बाह्र महिनामा उतम महिना कात्तिक महिना हो। पुन्यम् परम पुन्यम भत्तिका कुनै पनि सानो कार्यले परम पुन्य मिल्छ अध्यात्मीक प्रगतिका मिल्छ भक्ति मय कार्य भगवान श्रीकृष्णको सन्धिय प्राप्त हुन्छ। कात्तिक महिनाको व्रतले सबै प्रकारको लाभ मिल्छ।

त्यसैले कात्तिक मासको व्रत पालानाले सबैको उन्नति हुन्छ। कात्तिक मासको व्रत अधिक भन्दा अधिक भगवान्‌को नाम जप गर्नु अधिक भन्दा अधिक श्रीमद्भागवात् र गीता अध्यान र प्रचार गर्नु भगवान् लाई दिप अपर्ण गर्नु मांसआहार नगर्नु, नवेच्नु वा कटमार नगर्नु, ब्रमचार्य व्रत वस्नु, सतोगुणी खानपान गर्नु गंगा स्नान गर्नु ,साधु सँग गर्नु,धाम मा बास गर्नु, दान गर्नु, मन्दिरको सेवा गरेमा अधिक फल प्राप्त हुन्छ। त्यसैले सधैं भरि

हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे ।।

जप गरे सदा शान्ति र सुखी बन्ने यहि नै यस युगको सार तत्व हो। कात्तिक महिना भरिनै भगवानलाई दिप अर्पण गरे गीताको आधा मात्र श्लोक वा एक शब्द उच्चारण गर्नाले पनि सम्पूर्ण शास्त्र अध्ययन गरे बराबरको फल मिल्ने छ, एक दिपा भगवान दामोदर लाई देखाउनाले लाखौं लाख वर्षको पापहरु नष्ट हुन्छन्।

मन्दिरमा साधु अथवा वैष्णवलाई भोजन गराउनाले सम्पूर्ण पितृहरु तिप्त हुन्छन् यो समयमा कुनै पनि भक्तिका कार्य गर्नाले त्यसको लाखौं गुण फल प्राप्त हुन्छ। यो महिनामा भगवानको नाम जप गर्नाले सम्पूर्ण पापहरु नष्ट हुने र आध्यात्मिक प्रगति हुन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *