६.४३ अङ्कले घट्यो नेप्से, कारोबार भने बढ्यो

डिसी नेपाल
२१ कार्तिक २०७९ १५:२१
40
Shares

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। शेयर कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक ६.४३ अङ्कले ओरालो लागेर १९५८.९४ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.९१ अङ्कले घटेर ३८५.३३ मा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्व १० करोड ८० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा जल्पा सामुदायिक लघुवित्त शीर्ष स्थानमा छ। यसको आज १५ करोड १६ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र तेस्रोमा नेष्डो समृद्धि लघुवित्तको कारोबार भएको छ।

सोमबारको कारोबारमा १३ वटा उपसुचकमध्ये ५ वटा उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा धौलागिरी लघुवित्त र जल्पा सामुदायिक लघुवित्तका लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, ग्लोबल आइएमइ लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.