सुनको मूल्य घट्यो, चाँदीको स्थिर
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९४ हजार रुपैयाँ कायम भएको छ।
सोमबार प्रति तोला ९४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले घटेर प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भइरहेको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment