मार्जिन कारोबारयोग्य कम्पनीको सूचीमा ८७ कम्पनी (सूचीसहित)
काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले मार्जिन कारोबारयोग्य सूचीकृत कम्पनीहरुको सूची सार्वजनिक गरेको छ। नेप्सेले सार्वजनिक गरेको सुची अनुसार ८७ वटा कम्पनी मार्जिन कारोबारको लागि योग्य रहेका छन्।
नेप्सेले तयार पारेको सूचिमा २७ वटा बाणिज्य बैंकहरुमध्ये १७ वटा मात्रै योग्य देखिएका छन्। त्यस्तै ८ वटा विकास बैंक, १३ वटा हाइड्रोपावर र ५ वटा फाइनान्स योग्य देखिएको छ।
यस्तै, जीवन बिमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरु पनि मार्जिन कारोबारका लागि योग्य रहेको नेप्सेले जनाएको छ । यता, तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालन डिस्टिलरी, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बिमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिक कारोबारका लागि योग्य रहेका छन् ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment