भुवन केसीको हातबाट बसन्ती राईको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
२२ कार्तिक २०७९ ११:५४
144
Shares

न्युयोर्क । कलाकार बसन्ती राईको नयाँ म्युजिक भिडियो “वेवी बसन्ती” सार्वजनिक भएको छ ।

लामो समयदेखि अमेरिकामा बसेर कलाकरिता गरिरहेकी कलाकार राईको म्युजिक भिडियो “वेवी बसन्ती”को चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले न्युयोर्कमा सार्वजनिक गरेका छन्।

कलाकार संघ अमेरिका तथा यूनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (युक्रा)की वरिष्ठ उपाध्यक्ष समेत रहेकी बसन्तीको म्युजिक भिडियो यस अघि नै युट्युवमा सार्वजनिक गरिएको भए पनि मंगलबार न्युयोर्कको ज्याक्सन हाइटस्थित गोरखा रेस्टुरेन्टमा एक भव्य कार्यक्रमबीच सार्वजनिक गरिएको हो।

राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ । यस गीतमा एरेञ्ज तथा मिक्सिङ मास्टरिङ अमृत ल्वागुनको रहेको छ ।

गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डित र कमेडियन फुलन्देकी आमा उमेश राईसँग अभिनय गरेकी छिन् । गीत ओएसआर डिजिटलको युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.