प्रहरी हिरासतबाट भागेका सिद्धु मूसेवाला हत्याका मुख्य आरोपीलाई नेपाल ल्याउने योजना !
काठमाडौं । सिद्धु मूसेवाला हत्याकाण्डका मुख्य अभियुक्तलाई प्रहरी हिरासतबाट भगाउने मुख्य योजनाकारलाई पञ्जाब प्रहरीले पक्राउ गरेको छ । पटियाला रेन्जका आईजी मुखविन्दर सिंह छिनाले दीपक टिनुका भाइ चिरागलाई पक्राउ गरिएको बताए ।
उनले दीपक टिनुलाई नेपाल हुँदै देशबाट निकाल्ने योजना रहेको बताए । उनलाई प्रहरी हिरासतबाट फरार गराउने मुख्य योजनाकार चिराग हुन् । समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले दीपक टिनुबाट भाग्न प्रयोग गरिएको दुईवटा पेस्तोल र एउटा कार बरामद गरेको छ।
मानसामा बर्खास्त गरिएका प्रहरी जवान प्रीतपाल सिंहको घर बाहिरबाट दीपक टिनु र उनकी प्रेमिकालाई चिराग नै लिन आएको प्रहरीले जनाएको छ । चिरागले दुवैलाई राजस्थान र अन्य ठाउँमा लुकाएर लगेका थिए ।
पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्याका अभियुक्त दीपक टिनु अक्टोबर १ राति मानसा प्रहरीको अपराध अनुसन्धान एजेन्सी (सिआइए) को हिरासतबाट फरार भएका थिए ।
मानसा सीआईए इन्चार्ज प्रीतपाल सिंहले दिपक टिनुलाई आफ्नी कथित प्रेमिकासँग पुनर्मिलन गराउनका लागि आफ्नो गाडीमा सरकारी निवासमा लगेका थिए ।
लगत्तै आरोपी दीपक टिनु कथित प्रेमिकासँगै फरार भएका थिए । घटनापछि प्रहरीले प्रितपाल सिंहलाई नियन्त्रणमा लिएको छ ।
दीपक टिनुलाई दिल्ली पुलिसले अक्टोबर १९ मा राजस्थानको अजमेरबाट पक्राउ गरेको थियो भने उनकी प्रेमिकालाई पञ्जाब प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment