आरम्भ चौतारी लघुवित्तको खुद नाफा ५५.०५ प्रतिशतले घट्दा अधिकांश सूचकमा गिरावट
काठमाडौँ। आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्बजनिक गरेको विअरन अनुसार संस्थाको आधिकांश सूचकमा गिरावट आएको छ। गत वर्षको यहि अवधिमा १ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाले समिक्षा अवधिमा घटेर ६६ लाख ४० हजार रुपैयाँमा सिमित भएको छ। यो नाफा अघिल्लो वर्षको यहि अवधिको तुलनामा ५५.०५ प्रतिशतले कम हो।
संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २६.३४ प्रतिशत र ६५.९१ प्रतिशतले गिरावट आएको छ। अघिल्लो वर्षको यहि अवधिमा ९ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यस अवधिमा घटेर ६ करोड ७८ लाख रुपैयाँमा खुम्चिएको छ। यस्तै, सञ्चालन नाफा १ करोड ८२ लाख रुपैयाँबाट घटेर ६२ लाख ३२ हजार रुपैयाँमा सिमित भएको छ।
पहिलो त्रैमासमा संस्थाले ३ अर्ब १८ करोड रुपैयाँ सापटी लिई ५ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। हाल संस्थाको चुक्तापुँजी ३६ करोड ७१ रुपैयाँ रहेको छ। समिक्षा अवधिमा संस्थाको जगेडा कोषको आकार ३६.८० प्रतिशतले घटेर ११ करोड २५ लाख रुपैयाँमा खुम्चिएको छ। अघिल्लो वर्ष रिजर्भमा १४ करोड १३ लाख रुपैयाँ थियो।
संस्थाको खुद नाफा घटेसंगै प्रति सेयर आम्दानीमा पनि गिरावट आएको छ। समिक्षा अवधिमा संस्थाको प्रति सेयर आम्दानी १३ रुपैयाँ ३७ पैसाले घटेर ७ रुपैयाँ २४पैसामा झरेको छ। अघिल्लो वर्ष यही अवधिमास संस्थाको प्रति सेयर आम्दानी २० रुपैयाँ ६१ पैसा थियो। संस्थाको पीई रेसियो ९८.३४ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३०.६६ रुपैयाँ रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment