नबिल इन्भेष्टमेन्टको खुलामुखी म्युचुअल फण्ड बिक्री खुल्ला
काठमाडौँ। नबिल इन्भेष्टमेन्टले आज बुधबारदेखि खुलामुखी म्युचुअल फण्ड योजना बिक्री खुला गरेको छ। क्यापिटलले ‘नबिल फ्लेक्सी क्याप फन्ड’ नाममा कुल ७ करोड ५० इकाई निष्कासन गर्न लागेको हो ।
क्यापिटलले बिक्री खुल्ला गरेको म्युचुअल फण्डमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १५ प्रतिशत विज पुँजीवापत कोष प्रवर्द्धक नबिल बैंकलाई सुरक्षित गरिएको छ। ७ लाख ५० हजार योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टलाई छुट्याएको छ।
बाँकी ६ करोड ३७ लाख ५० हजार इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री खुला गर्न लागिएको योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टले जानकारी दिएको छ। यसमा कात्तिक २७ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएमा मंसिर ७ गतेसम्म खुला रहनेछ।
प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ। न्यूनतम १०० इकाईदेखि अधिकतम ७५ लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाईमा आवेदन दिन सक्नेछन्।







डिसी नेपाल







Facebook Comment