ह्वात्तै बढ्यो सुनको मूल्य

डिसी नेपाल
२३ कार्तिक २०७९ १०:४५
112
Shares

काठमाडौँ। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज १ हजार ४ सयले बढेर प्रति तोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९ सय रुपैयाँ कायम भएको छ।

यता, चाँदी प्रति तोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ३० रुपैयाँले बढेको हो।  मंगलबार चाँदी प्रति तोला १ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.