प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
काठमाडौँ। प्रि-ओपन सेसनमा नेप्से सूचक १.३९ अंकले बढेको छ। यस वृद्धिसँगै सूचक १९५७.७६ विन्दुमा आइपुगेको छ।
बुधबार बिहान ११ बजेसम्म सात लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। १० कम्पनीको ३५४ कित्ता सेयर कारोबार भएको हो। यो सेसनमा कुल १५ वटा कारोबार भएको छ। आठवटा कम्पनीको भाउ बढेको छ भने दुईवटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment