सेयर बजार राताम्मे, नेप्से परिसूचक ३९.१५ अङ्कले घट्यो

डिसी नेपाल
२३ कार्तिक २०७९ १५:३०
84
Shares

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ। शेयर कारोबार हुने साताको चौथो दिन बुधबार नेप्से परिसूचक ३९.१५ अङ्कले घटेर १९१७.२२ मा पुगेको छ। यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.६८ अङ्कले घटेर ३७६.५३ मा झरेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२३ कम्पनीको ३६ लाख ९७ हजार ७२३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्व ४० करोड ७३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा नेस्डो सम्वृद्ध लघुवित्त शीर्ष स्थानमा छ। यसको आज ६ करोड ७८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा शिभम् सिमेन्ट र तेस्रोमा हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटा उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा अपार हेवा खोला हाइड्रोपावर र नबिल ब्यालेन्स फण्ड- ३ का लगनीकर्ताले अत्याधिक कमाएका छन्। भने, एक्सेल डेभलपमेन्ट बैंक र गुराँस लघुवित्तका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.