बिहिबार घट्यो अमेरिकी डलरको भाउ, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर
काठमाडौँ। अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमयदर प्रकाशित गर्दै अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ र बिक्रीमा १३० रुपैयाँ ६० पैसा छ। बुधबार अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ७८ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३८ पैसा रहेको थियो।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रुपैयाँ ६९ पैसा र बिक्रीदर १३१ रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जानेको छ। अष्ट्रेलियन डलर एकको खरिदमा ८४ रुपैयाँ २३ पैसा र बिक्रीमा ८४ रुपैयाँ ६२ पैसा छ। क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९२ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९३ रुपैयाँ ३६ पैसा तोकिएको छ।
त्यस्तै, जापानी येन १० को खरिदमूल्य ८ रुपैयाँ ९२ पैसा र बिक्री मूल्य ८ रुपैयाँ ९६ पैसा, चाइनिज येन एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३४ रुपैयाँ ७४ पैसा, कतारी रियाल एकको खरिदमूल्य ३५ रुपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ६२ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रीदर २७ रुपैयाँ ८४ पैसा रहेको छ।







डिसी नेपाल







Facebook Comment