आइतबारका दिन यसो गर्नुहोस्, हट्नेछ जागिर र व्यवसायमा भएका समस्या 

डिसी नेपाल
२७ कार्तिक २०७९ १०:५५

काठमाडौं । हिन्दु हरेक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। आइतबार सूर्य देवताको पूजा गर्ने गरिन्छ । हिन्दू धर्ममा भनिएको छ कि आइतबारको दिन सूर्य देवताको विधिपूर्वक पूजा गरे वा अर्घ्य दिएमा छिटै प्रशन्न हुनुका साथै मानिसको सबै समस्या हटेर जान्छ ।

ज्योतिष शास्त्रका अनुसार आइतबारको दिन श्री सूर्याष्टकमको पाठ गर्नाले विशेष लाभ हुन्छ भनिएको छ । आइतबारको दिन सूर्योष्टकम् पठन गर्नाले तत्काल फल प्राप्त हुनुका साथै कुनै संकट आउँदैन भन्ने जनविश्वास पनि रहिआएको पाइन्छ।

जागिर, व्यवसाय र करियरमा आउने समस्याहरू पनि यस पाठबाट तुरुन्तै हट्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। । शास्त्रका अनुसार यदि तपाई पनि जागिर र करियर सम्बन्धी कुनै समस्याबाट गुज्रिरहनु भएको छ भने कम्तिमा ७ आइतवार लगातार श्री सूर्योष्टकमको जप गर्नुहोस् । यसले व्यक्तिको कल्याण गर्छ।
यसका साथै आइतबार के काम गर्दा राम्रो मानिन्छ ।

आइतबारका दिन सूर्य बलियो हुने हुनाले यस दिन विवाह , व्रतबन्ध वा कुनै पनि खुशीयालीका उत्सवहरु मनाउँदा राम्रो मानिन्छ।

रोजगारीको प्रारम्भ आइतबार गर्दा राम्रो मानिन्छ

सूर्यको स्वभाव तातो हुने भएकाले आगो, ग्यास, विद्युत सम्वन्धि कामकाजहरु आइतबार गर्नु।

मन्त्र साधकहरुका लागि आइतबार गोप्य मन्त्रहरुको साधनाको लागि निकै शुभ हुने।

व्यापार व्यवसायको थालनी पनि आइतबार गरेमा शुभ हुने।

आइतबारका दिन यी काम गर्दा राम्रो।

राज्याभिषेक गर्ने।

गीत, वाध्य, राज सेवा, गाइ गोरु, किनबेच गर्ने।

औषधी निर्माण गर्ने।

शास्त्र ,सुन, तामा, उनि, बस्त्र आदि किनबेच गर्ने रातो वस्तुको कारोबार गर्नु धेरै शुभ हुने गर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *