दोस्रो श्रीमती बनेका यी अभिनेत्री

डिसी नेपाल
२७ कार्तिक २०७९ ११:०१
200
Shares

मुम्बई । मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ। शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेका कारण सानियासँग सम्बन्धविच्छेदको तयारीमा रहेको खबर अहिले भाइरल नै बनेको छ।

बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए। उनीहरूलाई अन्यको घर तोडेको आरोप पनि लाग्यो।

आएशा उमर

‘जिन्दगी गुलजार है’ फेम आएशा उमरमाथि शोएब मलिक र सानिया मिर्जाको सम्बन्ध तोडाउन भूमिका खेलेको आरोप लागेको छ। यतिबेला शोएब र आएशा प्रेममा छन्। जसकारण पनि शोएब र सानिया सम्बन्धविच्छेदको चरणमा छन्।

शिल्पा शेट्टी

अभिनेत्री शिल्पा शेट्टीले व्यापारी राज कुन्द्रसँग विवाह गरिन्। तर, शिल्पाअघि राजको पहिलो पत्नी कविता थिइन्। कविताले कैयौं पटक शिल्पामाथि आफ्नो विवाह तोडाउन भूमिका खेलेको आरोप लगाएकी छन्।

बिपाशा बसु

यो सूचीमा अभिनेत्री विपाशा बसुको नाम पनि छ। फिल्म ‘अलोन’को सुटिङका समयमा अभिनेता करण सिंह ग्रोवरसँग उनको प्रेम भएको थियो। विपाशासँग प्रेममा परेपछि करणले पत्नी जेनिफर विंगेटसँग सम्बन्धविच्छेद गरेका थिए। उनले विपाशालाई सन् २०१६ मा श्रीमती बनाएका थिए।

रानी मुखर्जी

अभिनेत्री रानी मुखर्जीलाई पनि सौताको ट्याग लागेको छ। उनी निर्माता आदित्य चोपडाको प्रेममा परेपछि आदित्यले पहिलो पत्नी पायलसँग सम्बन्धविच्छेद गरेका थिए। यो सम्बन्धविच्छेदपछि मात्र आदित्यले रानीसँग विवाह गरे।

रवीना टण्डन

अभिनेत्री रवीना टण्डनमाथि पनि अर्को व्यक्तिको वैवाहिक सम्बन्ध बिगारेको आरोप लागेको छ। उनले वितरक अनिल थडानीसँग विवाह गरिन्। यद्यपि रवीनालाई भेट्नु अघि अनिल विवाहित थिए।

श्रीदेवी

फिल्म निर्माता बोनी कपुरको प्रेममा अभिनेत्री श्रीदेवी थिइन्। यहीकारण बोनीले पहिलो पत्नी मोना शौरीसँग सम्बन्धविच्छेद गरे । यसपछि सन् १९९६ मा उनले श्रीदेवीसँग लगनगाँठो कसे।

हेमा मालिनी

विवाहित अभिनेता धर्मेन्द्र हेमालाई देख्नासाथ प्रेममा परे। हेमालाई विवाह गर्न धर्मेन्द्रले खुबै पापड बेल्नुपर्यो। उनले इस्लाम धर्म अपनाएर हेमासँग विवाह गरेका थिए।

अमृता अरोडा

अभिनेत्री अमृता अरोडा पनि यो सूचीमा पर्छिन्। सन् २००९ मा अमृताले शकील लडकसँग विवाह गरिन्। यद्यपि शकीलले पहिलो विवाह निशा राणासँग गरेका थिए। निशाले अमृतामाथि आफ्नो घर बिगारेको आरोप लगाएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *