तेह्रथुमको प्रदेशसभा (क) मा सुब्बा र दुलालबीच प्रतिस्पर्धा, कसलाई कति चुनौती?

डिसी नेपाल
२७ कार्तिक २०७९ १२:०५
28
Shares

तेह्रथुम। आगामी ४ मंसिरमा हुने निर्वाचनमा तेह्रथुमको प्रदेश सभा (क) मा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका युवा नेता सन्तोष सुब्बा र एमालेको तर्फबाट किशोरचन्द्र दुलाल प्रतिस्पर्धा गर्दैछन्।

सुब्बा र दुलाल दुबै प्रदेसभामा नयाँ अनुहार हुन्। ६५ वर्षका दुलाल र ४४ वर्षका सुब्बा बुबाछोराको फरक उमेर बीच प्रतिस्पर्धामा आएका छन्।

२०७४ सालमा एमाले र माओवादी केन्द्रबीच गठबन्धन हुँदा यस क्षेत्रमा एमालेका लक्ष्मण तिवारीले जितेका थिए। एमालेबाट तिवारीले टिकटको दावी गरे पनि यसपटक भने पाएनन्। तिवारीको विकल्पको यसपटक भने दुलाललाई उम्मेदवार बनाएर एमाले चुनावी मैदानमा होमिएको छ।

गत निर्वाचनमा एमालेको साथमा रहेको माओवादी केन्द्रले कांग्रेसले साथ दिएको छ। दुई नगरपालिका र एक मात्रै गाउँपालिका रहेको यस प्रदेशसभामा हालै सम्पन्न स्थानीय निर्वाचनमा एक मात्रै नगरपालिका कांग्रेसले जितेको छ।

२०७९ वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले छथर गाउँपालिका प्रमुखमा ३९ सय १५, लालीगुराँस नगरपालिकामा ३३ सय ४४ र म्याङलुङ नगरपालिकामा ५१ सय १७ मत पाएको थियो। गठबन्धनले छथर गाउँपालिकामा ३३ सय ६,लालीगुराँस नगरपालिकामा ५१ सय ३९ र म्याङलुङ नगरपालिकामा ४४ सय ७८ मत पाएको थियो।

छथर र म्याङलुङमा गठबन्धन गरे पनि लालीगुराँस नगरपालिकामा माओवादी केन्द्र गठबन्धन नगरी चुनाव लड्दा १५८ मत प्राप्त गरेको थियो। स्थानीय निर्वाचनमा आएको मत परिणाम हेर्दा एमाले सँग १२ हजार ३७६ मत भने गठबन्धन सँग १३ हजार ८१ मत रहेको छ।

एक नगरपालिका र एक गाउँपालिका जितेको एमाले ७०५ मतले यस क्षेत्रमा कमि छ। स्थानीय निर्वाचनको मत परिणामलाई तुलना गर्दा तेह्रथुमको प्रदेशसभा १ मा दुलाललाई जितको लागी चुनौती देखिएको छ।

सुब्बालाई समर्थन गर्दै जनता समाजवादी पार्टीका प्रदेशसभा उम्मेदवार सूर्य मादेनले आफ्नो उम्मेदवारी निस्क्रिय परी साथ दिएका छन् । समृद्ध तेह्रथुमको विकास गर्न आफू चुनावी मैदानमा आएको सुब्बाले बताए।

‘तेह्रथुमको विकासको निम्ती हामी रणनीतिक,योजना र मनोवैज्ञानिक रुपमा पनि तयार छौँ । हाम्रो उर्जाशील समय तेह्रथुमको विकास गर्न साथ दिनुस्। तपाईंहरुले दिएको साथलाई हामी धोका दिने छैनौ,’ उनले भने।

शिक्षाको समस्यालाई व्यवस्थापन गर्दै गुणस्तरीय शिक्षा बनाउन पूर्वाधार विकासमा प्राथमिकता दिँदै युवाहरू ईमान्दर युवा सिपयुक्त र स्वास्थ्य सेवामा प्रतिबद्ध रहने दुलालले बताए।

‘हिजो एमालेको नेतृत्वमा भएका विकास निर्माणका योजनाहरुलाई फेरि पनी निरन्तरता दिनेछु। पर्यटकीय स्थलहरु, प्रदेशसभा (क) मा रहेका सडकहरुको स्तराेन्नतिमा लाग्नेछु। मेरो ईमान्दारी मेरो लगनशीताका कारण मैले जनताको मत पाउनेछु भन्ने विश्वास छ,’ उनले भने। तेह्रथुमको प्रदेशसभा (क) मा मुख्य प्रतिस्पधी दलको रुपमा नेकपा एमाले र सक्त गठबन्धन दल रहेका छन् । यस प्रदेशसभामा एक स्वतन्त्रसहित ८ जना चुनावी मैदानमा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.