सूर्या लाइफ इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा ८२.५४ प्रतिशतले वृद्धि
काठमाडौँ। सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले २० करोड ७३ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको यहि अवधिको तुलनामा ८२.५४ प्रतिशतले धेरै हो। गत वर्षको यहि अवधिमा कम्पनीले ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीको खुद बिमा शुल्क आर्जन १३.३१ प्रतिशतले बढेर १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ पुगेको छ। लगानी कर्जा तथा अन्य आयबाट हुने आम्दानी सामान्य बढेको छ भने नोक्सानी व्यवस्थाबाट १३ करोड ४५ लाख रुपैयाँ फिर्ता गरेपछि खुद नाफामा आकर्षक सुधार भएको देखिन्छ ।
यो पहिलो त्रैमाससम्ममा कम्पनीको जगेडा कोषमा केहि गिरावट आएको छ भने जीवन बिमा कोषमा सुधार आएको छ। कम्पनीको जगेडा कोष २१.५० प्रतिशतले घटेर ७१ करोड २२ लाख रुपैयाँमा सीमित भएको छ। यता, जीवन बिमा कोष २९.६५ प्रतिशतले बढेर १४ अर्ब ९२ करोड ५६ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
समिक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५५ करोड २ लाख रुपैयाँ रहेको छ। हाल यो कम्पनी ज्योति लाइफ इन्स्योरेन्ससँग मर्जर प्रक्रियामा रहेको छ। असोज मसान्तसम्म आइपुग्दा यसको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ २२ पैसा छ।







डिसी नेपाल







Facebook Comment