शिवम् सिमेन्टको खुद नाफा ३१.९४ प्रतिशतले बढ्यो, अन्य सूचकको कस्तो छ अवस्था ?
काठमाडौँ। शिवम् सिमेन्टले आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३१.९४ प्रतिशतले बढेको छ। गत वर्ष यही अवधिमा २० करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले समिक्षा अवधिमा बढाएर २७ करोड ४७ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
समिक्षा अवधिमा कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी भने घटेको। कम्पनीको सिमेन्ट बिक्रीबाट हुने आम्दानी २ अर्ब २० करोड रुपैयाँबाट घटेर १ अर्ब ५३ करोड रुपैयाँमा सीमित भएको छ। यो आम्दानी ३०.४६ प्रतिशतले कम हो। कम्पनीको अन्य आम्दानी भने ९३ लाख ६० हजार रुपैयाँबाट बढेर ३१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
यो पहिलो त्रैमाससम्ममा कम्पनीको कच्चा पदर्थको खपतमा भएको खर्च १ अर्ब २४ करोड रुपैयाँबाट घटेर ५८ करोड ३० लाख रुपैयाँमा झरेको छ। यसैगरी विद्युत तथा ऊर्जाको खर्च ४८ करोड २४ लाख रुपैयाँबाट घटेर ३९ करोड १५ लाख रुपैयाँमा झरेको छ।
समिक्षा अवधिसम्ममा कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यस्तै कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी २४ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ०९ रहेको विवरणमा उल्लेख छ।







डिसी नेपाल







Facebook Comment