सिक्लेस हाइड्रोपावरको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

डिसी नेपाल
२८ कार्तिक २०७९ १३:२६
232
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिक्लेस हाइड्रोपावरको सेयर सूचिकृत भएको छ। कम्पनीको ८५ लाख कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम ११६ रुपैयाँ ८६ पैसादेखि अधिकतम ३५० रुपैयाँ ५८ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।

यसको सेयर काराेबार गर्नका लागि एसआईकेएलईएस (SIKLES) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार मंगलबार (कार्तिक २९ गते) बाट खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.