खप्तड लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, कति पायो ओपनिङ्ग रेञ्ज ?

डिसी नेपाल
२८ कार्तिक २०७९ १३:४८
80
Shares

काठमाडौँ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा खप्तड लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको ४ लाख कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ्ग रेञ्ज पनि तोकिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम १०१ रुपैयाँ ०७ पैसादेखि अधिकतम ३०३ रुपैयाँ २१ पैसासम्मको रेन्ज तोकेको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।

यसको सेयर काराेबार गर्नका लागि केएलबिएस (KLBS) संकेत प्रदान गरिएको छ। यस कम्पनीको सेयर कारोबार मंगलबार (कार्तिक २९ गते) बाट खुला हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.