तौल घटाउने सजिलो उपाय : दैनिक २० मिनेट मात्र यसो गर्नुहोस्
काठमाडौं । पछिल्ला समयमा हाम्रो जिवनशैली खानपनका कारण धेरैै मानिसहरुको तौल द्रुत गतिमा बढिरहेको छ । व्यस्त जिवनशैलीका कारण हाम्रो खानपानमा त्यती ध्यान दिदैंनौं । बजारमा पाइने विभिन्न प्रकारका जंक फुडलाई नै हाम्रो दैनिक आहार बनाउँछौ । यसले हाम्रो शरिरमा अनावश्यक मात्रामा बोसो जम्मा हुने गर्दछ ।
आजभोली मानिसको शारीरिक गतिविधि निकै सिमित हुँदा पनि तौल बढेको पाइन्छ । यसपटक मोटाएको शरिरलाई फेरी सामान्य अवस्थामा फर्किन निकै नै गाह्रो हुने गर्दछ। मोटोपना आफैंमा रोग नभए पनि यसले धेरै समस्यालाई निम्तो दिन्छ। जस्तै उच्च कोलेस्ट्रोल, उच्च रक्तचाप, हृदयाघात, मधुमेह, कोरोनरी आर्टरी डिजिज जस्ता रोगहरुको सिकार बन्न सकिन्छ ।
आजको व्यस्त जीवनशैलीमा सबैसँग जिममा घण्टौं पसिना बगाएर पेट र कम्मर वरपरको बोसो घटाउने समय हुँदैन, न त सबैले महँगो डाइटिशियनको खोजी गर्न सक्छन् । अब बढ्दो तौल घटाउन सजिलो उपाय अपनाउनु पर्छ ।
आज हामी तपाईलाई एउटा यस्तो उपाय बताउछौँ, जसको मद्दतले तपाईले केही दिनमै आफ्नो बढ्दो तौल घटाउन सक्नुहुन्छ। यस व्यायाममा तपाईलाई धेरै समय पनि लाग्दैन । तपाईले दैनिक २० देखि २५ मिनेटसम्म डोरी हामफाल गर्न समय निकाल्नुहुन्छ, यो तपाईको स्वास्थ्यको लागि धेरै फाइदाजनक साबित हुन सक्छ।
डोरी जम्प गर्नाले तपाईको तौल छिट्टै घट्छ, धेरैजसो फिटनेस विज्ञहरूका अनुसार यो व्यायाम दिनमा कम्तीमा २० मिनेट गर्नुपर्छ, यसले करिब ३०० क्यालोरी घटाउँछ र शरीरको स्ट्यामिना पनि बढ्छ।
डोरी जम्प गर्दा यी कुरामा ध्यान दिनुहोस्:
–खाली पेटमा डोरी हाम फाल्ने प्रयास नगर्नुहोस्, यसले चक्कर लाग्ने र पेट दुख्न सक्छ।
–खाना खाएपछि तुरुन्तै डोरी हाम्नु स्वास्थ्यको लागि राम्रो होइन, त्यसैले खाना खाएको २–३ घण्टापछि गर्नुहोस्।
–डोरी जम्प गर्नु अघि हल्का व्यायाम आवश्यक छ। यसले शरीरलाई न्यानो बनाउँछ र शरीरलाई सक्रिय बनाउँछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment