जुम्लामा गठबन्धनलाई कांग्रेसका बागी उम्मेदवारकाे त्रास

डिसी नेपाल
२९ कार्तिक २०७९ १३:११
140
Shares

जुम्ला। जुम्लामा नेपाली कांग्रेसका बागी उम्मेदवारले सत्तागठवन्धनलाई चुनौती थपेकाे छ।

जुम्लामा प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्रमा माओवादी केन्द्रीय सदस्य गोमा कुँवर, प्रदेश (क) मा नेपाली कांग्रेसका ललितजंग शाही र (ख) मा एकीकृत समाजवादीका केन्द्रीय सदस्य पदम रोकाया उम्मेदवार बनेका छन्।

प्रदेश (क) र (ख) मा क्रमश: नेपाली कांग्रेसका नेताहरू देवेन्द्रबहादुर शाही र धनबहादुर बस्नेतको स्वतन्त्र उम्मेदवारीले सत्ता गठवन्धनमा त्रास बढेको पाइन्छ।

प्रदेश (क) मा कांग्रेसका प्रदेश सभापति ललितजंग शाही उम्मेदवार बनेको स्थानमा कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छैनन्। शाहीलाई कांग्रेसले कारबाही गरिसकेको छ।

कांग्रेसका आधिकारिक उम्मेदवार ललितजंगविरुद्ध देवेन्द्रबहादुरको उम्मेदवारीले प्रदेशमा कांग्रेसका मत बाँडिने देखिन्छ। प्रदेश (ख) मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा कर्णालीका भौतिक पूर्वाधारमन्त्री पदमबहादुर रोकाया आधिकारिक उम्मेदवार हुन्।

तर कांग्रेसका नेता धनबहादुर बस्नेतले उम्मेदवारी कायमै रहेपछि याे क्षेत्रमा पनि गठबन्धनलाई त्रास बढेको छ। तिला गाउँपालिका निवासी बस्नेत कांग्रेस महासमिति सदस्य तथा तत्कालीन क्षेत्रीय सदस्य हुन्।

प्रदेश (क) र (ख) मा कांग्रेसका बागी उम्मेदवारले संघमा समेत प्रभाव राख्ने चुनौती देखिएको छ। स्वतन्त्र उम्मेदवारीका कारण कांग्रेसलाई प्रदेश (क) मा घाटा हुने देखिन्छ । जसकार‍ण संघकी उम्मेदवार गोमा कुँवरलाई प्रभाव पर्ने चर्चा छ।

गठबन्धनका उम्मेदवार भने जित नजिक पुगेको दाबी गर्दै आएका छन्। कांग्रेस प्रदेश सभापति तथा प्रदेश (क) का उम्मेदवार ललितजंग शाहीले वागी उम्मेदवार सानो चोइटोको रूपमा भएकाले कांग्रेसका समर्थकहरू सवैले गठवन्धनलाई मतदान गर्ने दाबी गरे।

प्रदेश (ख) मा गठवन्धनका उम्मेदवार एकीकृत समाजवादीका नेता पदमबहादुर रोकायाले संविधान रक्षाका लागि बनेको गठवन्धन बिजय हुने र आफूले जितेमा गठवन्धनकै लागि काम गर्ने बताए । सत्ता गठवन्धनबाट संघकी उम्मेदवार गोमा गौतम कुँवरले जुम्लामा गठवन्धन विजय हुने निश्चित भएको दाबी गरिन्।

जुम्लाको प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनका साझा उम्मेदवार गोमा गौतम कुँवर, एमालेबाट रतननाथ योगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ज्ञानबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट डिल्लीप्रसाद काफ्ले उम्मेदवार छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.