‘केटी को’ मा नेपाली दर्शक नाँच्दा अनुपम खेर खुशी

डिसी नेपाल
१ मंसिर २०७९ १०:१४
1.5k
Shares

काठमाडौँ। सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ।

अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ।

फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो। त्यो शोमा फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए। त्यसको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो।

त्यही भिडियोलाई अभिनेता अनुपम खेरले आफ्नो अफिसियल ट्वीटर हेण्डलमा शेयर गरेका छन्। उनले नेपाली दर्शकप्रति आभार पनि व्यक्त गरेका छन्। यो फिल्मले नेपाल र भारतमा राम्रो व्यापार गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *