चितवनमा साम्राज्ञी र पुष्प स्टार फिल्म ‘तिम्रो मेरो साथ’ को प्रिमियर शो हुने

डिसी नेपाल
१ मंसिर २०७९ १३:२७
336
Shares

चितवन। आगामी २९ पुसमा रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ।

लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए।

फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा केसी, खड्कबहादुर पुन ‘खबपु’को अभिनय छ । फिल्म सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले लेखेका हुन्।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको फिल्ममा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधिर पराजुली सह–निर्माताका रूपमा रहेका छन् । यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *