अग्लाे ठाउँमा नृत्य गरेर तमु र छिरिङ शेर्पाले कायम गरे विश्व कीर्तिमान

डिसी नेपाल
२ मंसिर २०७९ ११:०६
388
Shares

काठमाडौँ। कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डासिङ्ग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लाे ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्।

बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा उनीहरूले नृत्य गरेर यो कीर्तिमान कायम गरेका हुन्।

यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ।

नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *