प्रभू बैंकले गर्यो लाभांश दिने घोषणा, बोनस र नगद कति?

डिसी नेपाल
२ मंसिर २०७९ १२:२७
304
Shares

काठमाडौँ। प्रभू बैंकले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। बिहिबार बसेको सञ्चालक समितिको २६८ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ६.५ प्रतिशत बोनस सेयर र १.५ प्रतिशत नगद लाभांश गरि कुल ८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

कम्पनीले चुक्तापूँजी १२ अर्ब ७० करोड ८७ लाख रुपैयाँको ६.५ प्रतिशत अर्थात्  ८२ करोड ६० लाख ६५ हजार ७७१ रुपैयाँ बराबरको बोनस सेयर र १.५ प्रतिशत अर्थात् १९ करोड ६ लाख ३० हजार ५६२ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधानलाई वितरण गरिने बैंकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.