स्थिर समयको फुर्सदमा पत्नीसँग साग केलाउँदै ओली

डिसी नेपाल
३ मंसिर २०७९ २०:०१
524
Shares

काठमाडौं । आइतबार प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदै छ । मतदान सुरुहुनु ७२ घण्टा अघिबाट स्थिर समय चलिरहेको छ ।

यस अवधिमा मतदाता भेटघाट देखि प्रचारप्रसारसम्मका सबै कुरा बन्द भएपछि उम्मेदवारहरु फुर्सदमा छन् ।

सामाजिक संजाल मार्फत पनि उम्मेदवारहरुले मतदातासंग भोट माग्न नपाउने भन्दै निर्वाचन आयोगले कडाई गरिरहेको छ । तर, केहि उम्मेदवारहरुले मतदातामाझ आफ्नो उपस्थिति देखाउन बिभिन्न उपाय अपनाइरहेका छन् । यस्तो काममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बढी सक्रिय देखिएका छन् । उनले हरेक दिन सुर्य उदाएको तस्विर राख्ने देखि बिभिन्न क्रियाकलाप गरेका तस्विरहरु सामाजिक सञ्जालमा मार्फत सार्वजनीक गरिरहेका छन् ।

ओलीले आज केहि समय अघिमात्र सामाजिक सञ्जनल फेसबुकमा एक पोष्ट गरेका छन् । उनले पत्नि राधिका शाक्यलाई साग केलाउन सघाइरहेको तस्विर सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् । तस्विर सार्वजनिक गर्दै उनले लेखेका छन्–‘धेरै दिनपछिको फुर्सद, फुर्सदमा राधिकासंग साग केलाउँदै ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.