संविधान, गणतन्त्र र समावेशीताका लागि मतदानः बिमलेन्द्र निधि

डिसी नेपाल
४ मंसिर २०७९ १६:०७
12
Shares

जनकपुरधाम । नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले संविधान, लोकतान्त्रिक गणतन्त्र र समावेशीताको सुदृढीकरणका लागि बढिभन्दा बढी नागरिक मतदानमा सहभागी हुनुपर्ने बताएका छन् ।
धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ को प्रदेशसभा १ स्थित नगराइन नगरपालिका–२ स्थित श्री राजेश्वर निधि मावी मतदान केन्द्रबाट मतदानपछि उनले निर्वाचन लोकतन्त्रको उत्सव भएकाले आम नागरिकलाई उत्साहपूर्वक आफ्नो प्रतिनिधि छान्न मतदानमा सहभागी हुन आग्रह गरे ।

उनले अहिलेको निर्वाचन दुईवटा गठबन्धन चुनावी मैदानमा रहेको र जनताले स्थिर सरकार तथा सङ्घीयताको सुदृढीकरणका लागि आफ्नो अभिमत जाहेर गर्ने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.