सिद्धार्थनगर– ११ मा विवाद, एक जना घाइते

डिसी नेपाल
४ मंसिर २०७९ १६:३६
48
Shares

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर–११ मा रहेको मतदानस्थल अगाडि विवाद हुँदा एक जना स्थानीय घाइते भएका छन् । सिद्धार्थ नगरपालिका –११ को भुजौलि प्राविमा रहेको मतदान हुँदै गर्दा  स्थानीयबीच  विवाद सृजना भएको थियो ।

सत्ता गठबन्धनका पक्षधरले स्थानीय ३९ वर्षीय तबरेज आलममाथि आक्रमण गरेको स्थानीय सरबर आलमले बताए । उनका अनुसार मुकेश आलम, असाहब आलम र सुभान आलमले तबरेज आलमलाई कुटपिट गरेको हो।

कुटपिटबाट टाउको चोट लागेकोपछि तबरेजको भैरहवास्थित मेडिकल कलेजमा उपचाररत भइरहेको छ।

विवादको कारण मतदान केन्द्रमा खटिएको एक प्रहरी स्थानीय रहेको थिए । उनलाई नै हटाइएपछि अवस्था समान्य भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.