सिन्धुपाल्चोकमा ५६.२१ प्रतिशत मत खस्यो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा ५६. २१ प्रतिशत मत खसेको छ । आइतबार बिहान सात बजेदेखि सुरु भएको सम्पन्न मतदानमा एक लाख ४६ हजार तीन सय ४९ मत खसेको छ ।
पुरुष ८० हजार ८ सय ६२ जना ६५ हजार ४ सय ४२ जना महिलाले मतदान गरेका छन् । सिन्धुपाल्चोकमा दुई लाख ६० हजार २ सय ७३ जना मतदाता छन् । सिन्धुपाल्चोकमा दुइ प्रतिनिधि र चार प्रदेश सभा निर्वाचन क्षेत्र छन् । मुख्य निर्वाचन कार्यालयका अनुसार सबै मतदान स्थलमा शान्तिपूर्वक मतदान सम्पन्न भएको छ ।
६ वटा मतदान केन्द्रको मतपेटिका मतगणना स्थल आइपुगेको छ भने बाकि मतपेटिका आउने क्रम जारी छ। निर्वाचन क्षेत्र नं २ मा छिटपुट केही विवाद र झडप देखिए पनि तत्काल समाधान गरेर मतदान सम्पन्न गराउन सफल भएको प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले बताए ।
मतपेटिका स्टोररुम र मतगणना स्थल सुरक्षाकासाथ तयारी अवस्थामा राखिएको कोइरालाको भनाई छ । क्षेत्र नं १ को चौतारा नगरपालिकाको हलमा र क्षेत्र नं २ को समन्वय समितिको हल चौतारामा मतगणनाका लागि स्थल तयार पारिएको छ ।







डिसी नेपाल








Facebook Comment