ओएसआरले किन्यो छक्कापञ्जा ४ को डिजिटल राइट

डिसी नेपाल
७ मंसिर २०७९ ९:४७
384
Shares

काठमाडौँ। फिल्म ‘छक्का पञ्जा ४’ को डिजिटल राइट ओएसआरले किनेको छ। ओएसआर डिजिटल र फिल्मका निर्माता तथा अभिनेता दीपकराज गिरिबीच कागजी सम्झौता भएको छ।

ओएसआरका सन्चालक ओमप्रकाश अग्रवालका अनुसार ‘छक्का पञ्जा ४’ को ब्रान्ड भ्यालु अनुसार राम्रै मूल्यमा डिजिटल राइट ओएसआर डिजिटलले लिएको हो। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण भएको फिल्ममा हेमराज बिसीको निर्देशन छ।

आगामी फागुन १९ गतेबाट देशभर प्रदर्शनमा आउने फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’, बेनिशा हमाल, मलिना जोशी, नीर शाह, राज घिमिरे, निर्मल शर्मा, रमेश बुढाथोकी, सुवास गजुरेललगायत कलाकारहरूको अभिनय रहेको छ।

दीपक–दीपा प्रस्तुतकर्ता रहेको फिल्ममा कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा रहेका छन्। फिल्मका छायांकार नरेन्द्र मैनाली हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *