प्रहरीको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटियो

डिसी नेपाल
८ मंसिर २०७९ १२:२७

काठमाडौं । मुलुक चुनावी मत परिणाममा व्यस्त भैरहेका बेला प्रहरी हवल्दारको बर्दी लगाएर न्यूरोडबाट १० तोला सुन लुटपाट भएको छ ।

लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले सुमन राईसहित ४ जनालाई पक्राउ गरेको छ । आरोपीहरुको साथबाट १ थान पेस्तोल र गोली बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

न्युरोडमा रहेको सुन बनाउने कारखानामा पुलिसको युनिफर्म लगाएर पेस्तोल भिरेर गएका लुटेराहरूले १० तोला सुन लुटेर भागेका थिए । प्रहरीले लुट्न प्रयोग गरिएको पेस्तोल बरामद गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *