एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्नेछौं: विष्णु पौडेल
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेको नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने बताएका छन्। प्रेस चौतारी, रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष पौडेलले अहिलको निर्वाचनमा कसैको स्पष्ट बहुमत नआएकाले मुलुकलाई बिकास र समृद्धिको बाटोतर्फ अघि बढाउन एमालेको नेतृत्वमा सरकार बनाउन पहल गर्ने बताएका हुन् ।
एमालेको संसदीय दलको बैठक बसेर पार्टीका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बनाउने बिषयमा औपचारिक निर्णय गर्ने उनको भनाई छ । उनले एमालेले नेतृत्वदायी भूमिका निर्वाह नगर्दासम्म मुलुकको बिकासले गति लिन नसक्ने दावी गरेका छन् । पौडेलले कुनै पनि दललाई बहुमत प्राप्त नहुदा कुनै न कुनै रुपमा अंक गणितको खेल हुने र मुलुक अस्थिरता तर्फ जाने खतरा बढेको जिकिर गरेका छन् ।
पौडेलले निर्वाचनमा जित र हार स्वाभाविक भएको बताउँदै सबै मतदाताको प्रतिनिधि भएर काम गर्ने र सबैप्रति समदूरीको व्यवहार गर्ने बताए ।
भिडियो:
No ads found for this position

डिसी नेपाल
Facebook Comment