बागलुङ समाज कतार जिल्लाबासीको दुख सुखको साथी बन्दै

कृष्णप्रसाद शर्मा
१५ मंसिर २०७९ १०:३४
216
Shares

बागलुङ। बागलुङ समाज कतारले बागलुङ जिल्लामा एक परिचित परोपकारी संस्थाको रूपमा विकसित हुँदै गइरहेको छ। जिल्ला भित्र घटेका कुनै पनि दैविप्रकोपदेखि जुनसुकै आपतविपतमा जिल्लाले सम्झने संस्थाको रूपमा आफ्नो छवि बनाउँदै गइरहेको छ।

कोरोना महामारी होस् वा समाजमा गरिबदुखीका समस्या, जतिबेला पनि हात फैलाउने संस्थाले एकै बर्षमा करीब आधा दर्जन सामाजिक काम गरिसकेको छ। कोरोनाको महामारीका बेला अन्तर्राष्ट्रिय बागलुङ समाजसँगको सहकार्यमा जिल्लाका विभिन्न ठाउँमा कोरोना रोकथामका लागि आवश्यक सामाग्री वितरण गरेको थियो।

गत महिना मात्रै एक भव्य कार्यक्रमका बीच बागलुङ नगरपालिका १४ मा रहेको दृष्टिविहिन विद्यार्धीलाइ बाध्यबादनका सामाग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष सन्तोष पौडेलले जानकारी दिए।

“समाजमा दृष्टिविहीनलाई हेर्ने नजर फरक छ। दृष्टि नहुँदैमा सृष्टि नै नहुने गरी समाजमा हेरिने र कतिपय ठाउँमा अपहेलित हुनु परेकालाई उनीहरूको क्षमता विकास होस् भनेर यो काम थालनी गरिएको हो,” पौडेलले थपे।

यो कार्यक्रमका लागि बागलुङ सेवा समाज दोहा कतारले ६ लाख बराबरको सहयोग गरेको र त्यसको उपयोगबाट त्यस स्कुलमा अध्यानरत २५ जना दृष्टिविहीन विद्यार्थीलाई लाभान्वित हुने स्कुलका प्रधानाध्यापक कुमार पौडेलले जानकारी दिए।

३ लाख ५० हजार बराबरको बाद्यवादनका सामाग्री, स्कुल युनिफर्म, कार्पेट, दराज सबै व्यवस्थापन गरिएको र थप हलको मर्मत र पेन्टिङसमेत गरि ६ लाख बराबरको सहयाग भएको अध्यक्ष पौडेलले बताए।

यसै गरी समाजले सोही विद्यालयमा विद्यार्थीहरू तथा शिक्षकलाई स्वच्छ पानी पियाउने उद्देश्यले पानी फिल्टर जडान गर्न स्कुल र समाजबीच तीन साता अगि एक सम्झौतापत्रमा हस्ताक्षर भई काम अगाडि बढेको समाजका अध्यक्ष पौडेलले बताए।

कुल पाँच लाख पचास हजारको लागतमा हुन गइरहेको उक्त कामको ५० प्रतिशत काम सकिएको र बागलुङ सेवा समाज कतारले ३ लाख खर्च व्यहोर्ने बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *