आर्यन सिग्देलको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै

डिसी नेपाल
१५ मंसिर २०७९ १३:१८
144
Shares

काठमाडौँ। बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ। हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन्।

‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ। हामीलाई फिल्म निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भने।

पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए। ‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ। नेपाली–इन्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन्। उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुष्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन्।

नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ। यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ। चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो। उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए। फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ। आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपश्चात उनी यसमा व्यस्त हुनेछन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *