क्षमताभन्दा बढी सामान बोक्ने ७५ ट्रक र ट्रिपर कारबाहीमा
काठमाडौँ। क्षमताभन्दा बढी सामान बोक्ने ७५ वटा ट्रक र ट्रिपर कारबाहीमा परेका छन्।
बुधबार राति ९ देखि ११ बजेसम्म भक्तपुरको सल्लाघारी-जगाती सडक खण्डमा गरिएको रात्रिकालीन चेकिङमा हद निर्धारण गरिएको भन्दा बढी सामान राखिएका ती सवारीसाधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जानकारी दिएको छ।
३२ वटा सवारीसाधनलाई यातायात व्यवस्था ऐन २०४९ बजोजिम एक हजार रुपैयाँ जरिवाना गरिएको र ४३ वटा सवारीसाधनमा बढी भएको सामान भने कारवाहीस्वरुप हटाइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment