ह्वात्तै बढ्यो सुनको मूल्य
काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य दिन प्रति दिन बढ्दै गईरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रति तोला ९९ हजार १ सय रुपैयाँ कायम भएको छ।
आज छापावाला सुनको मूल्य १ हजार रुपैयाँले बढेर प्रति तोला ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
बिहिबार छापावाला सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार १ रुपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार छापावाला सुनको मूल्य २ सय रुपैयाँले बढेर ९७ हजार ६ रुपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य तीन दिनमा १ हजार ७ सय रुपैयाँले बढेको छ।
यता, चाँदीको मूल्य पनि बढ्दै गईरहेको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ। बिहिबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको थियो।
Facebook Comment