तेहरानमा यो वर्ष अहिलेसम्म ५०४ जनालाई मृत्युदण्ड

डिसी नेपाल
२० मंसिर २०७९ ८:४९
132
Shares

तेहरान। इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ।

नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ। फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको छ।

अधिकारीहरूले सेप्टेम्बरदेखि इरानमा सुरु भएको शासन विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्डको सजायको व्यापक प्रयोग गर्ने चिन्ता बढ्दै जाँदा प्रछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो।

आईएचआरको गणनामा चार जना व्यक्तिहरू समावेश छन् जसलाई इजरायलको गुप्तचर सेवासँग काम गरेको अभियोगमा आइतबार मृत्युदण्ड दिइएको आधिकारिक सञ्चार माध्यमले जनाएको छ।

उनीहरुलाई तेहरान बाहिर रहेको गोहार्डस्ट पनि भनिने राजाइ शहर कारागारमा मृत्युदण्ड दिइएको अधिकारवादी समूहले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *