पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु

डिसी नेपाल
२० मंसिर २०७९ ९:०९
840
Shares

बोगाटा। कोलम्बियामा पहिरोले बस पुर्दा कम्तीमा ३३ जनाको मृत्यु भएको छ। पहिरोबाट ९ जनाको उद्दार गरिएको छ। उत्तरपश्चिम कोलम्बियामा उक्त घटना भएको हो।

अविरल वर्षापछि बाढी आएको थियो। राजधानी बोगाटाबाट २३० किलोमिटर उत्तरपश्चिममा अवस्थित रिसारल्दा प्रान्तको प्युब्लो रिको र सान्ता सेसिलिअबीचको गाउँमा  बस पुरिएको थियो।

गृहमन्त्री अल्फोन्सो प्राडाले सोमबार पत्रकारहरूलाई भने, ‘हामीले तीन शिशुसहित ३३ जनालाई मृत फेला पारेका छौं र हामीले नौ जनालाई जीवितै उद्धार गरेका छौं। उद्दार गरेकामध्ये ४ जनाको अवस्था गम्भीर छ।’

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले ट्वीटर सन्देशमा घटनाबाट आफू दुःखित भएको बताएका छन्। कोलम्बिया अस्वभाविक रूपमा भारी वर्षाले प्रभावित छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *