अनौठो बाघको अवशेष फेला पार्न ८५ वर्ष लाग्यो तर कहाँ भेटियो ?
काठमाडौं । करिब ८५ वर्षअघि हराएको तस्मानियाली बाघको अवशेष अहिले अस्ट्रेलियाको एउटा संग्रहालयको दराजमा भेटिएको छ । सायद यो अन्तिम तस्मानियन बाघ थियो।
यो बाघको सन् १९३६ मा होबार्ट चिडियाखानामा मृत्यु भएको थियो र त्यसपछि यसको शव स्थानीय संग्रहालयलाई हस्तान्तरण गरिएको थियो। तर त्यसपछि बाघको कंकाल र छाला के भयो, त्यो रहस्य नै रह्यो ।
तस्मानियन संग्रहालय र आर्ट ग्यालरीमा बाघको अवशेषको बारेमा कुनै जानकारी थिएन। यी अवशेषहरू फ्याँकिएको उनीहरूको विश्वास थियो। अब नयाँ अनुसन्धानले ती अवशेषहरू सङ्ग्रहालयमै सुरक्षित राखिएको तर सूचीकरण गर्न नसकेको पत्ता लागेको छ ।

सन् २००० मा लुप्तप्राय प्रजाति नामक पुस्तक लेख्ने रोबर्ट प्याडलले भने, “वर्षौंदेखि धेरै संग्रहालय र अनुसन्धानकर्ताहरूले यस बाघको अवशेष पत्ता लगाउन असफल प्रयास गरे। बाघको शव फ्याँकिएको अनुमान गरिएको छ।”
तर संग्रहालयको सुरक्षामा खटिएका कर्मचारीहरूले अप्रकाशित रिपोर्ट प्राप्त गरेपछि उनीहरूले संग्रहालयको संग्रह खोतल्न थाले। फलस्वरूप, उनीहरूले संग्रहालयको शिक्षा विभागको दराजमा पोथी बाघको अवशेष फेला पारे।
यसलाई अष्ट्रेलियाका धेरै ठाउँमा प्रदर्शनीको लागि लगिएको थियो, तर संग्रहालयका कर्मचारीहरूलाई थाहा थिएन कि यी अन्तिम तस्मानियन बाघको अवशेष हुन्। अहिले यो बाघको कंकाल र छाला होबार्टको संग्रहालयको प्रदर्शनीमा राखिएको छ ।







डिसी नेपाल







Facebook Comment