साना किसान विकास लघुवित्तले गर्यो २७.३६८४ प्रतिशत दिने घोषणा
काठमाडौँ। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो सेयरधनीलाई लाभांश दिने घोषणा गरेको छ। सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २६ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो। बोनसमा लग्ने कर तिर्न १.३६८४ प्रतिशत नगद लाभांश दिने भएको छ।
कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार ७२७.६० रुपैयाँको २६ प्रतिशतले हुन आउने ४० करोड ६७ लाख ४७ हजार ५६९.१८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.३६८४ प्रतिशतले हुन आउने २ करोड १४ लाख ७ हजार ७६६.८० रुपैयाँबराबरको नगद लाभांश दिने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्ने कम्पनीले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment