इन्डोनेसियामा अब विवाहपूर्वको यौनसम्बन्ध गैरकानुनी, आलाेचक भन्छन्–स्वतन्त्रतामा ठूलाे धक्का

डिसी नेपाल
२० मंसिर २०७९ १२:०८
92
Shares

क्वालालम्पुर। इन्डोनेसियाको संसदले मंगलबार विवाहपूर्व यौनसम्बन्धलाई गैरकानूनी बनाउने नयाँ विद्येयक पारित गरेको छ।  यो कदमलाई आलोचकहरूले देशको स्वतन्त्रतामा धक्का भएको बताएका छन्।

विवादास्पद नयाँ फौजदारी संहिताको पक्षमा बहुमत सांसदले मतदान गरेपछि उपसभामुख सुफमी दासको अहमदले उक्त विद्येयक स्वीकृत भएको घोषणा गरेका थिए।

नागरिक स्वतन्त्रता माथिको दमन र विश्वको सबैभन्दा धेरै जनसंख्या भएको मुस्लिम बहुल राष्ट्र कट्टरपन्थीतर्फ सरेको निन्दा गर्दै अधिकार समूहहरूले संशोधनको विरोध गरेका थिए।

‘हामीले बहस भएका महत्वपूर्ण मुद्दा र फरक मतलाई मिलाउन सक्दो प्रयास गरेका छौंँ। तर, हामीले दण्ड संहिता संशोधनबारे ऐतिहासिक निर्णय गर्ने र विरासतमा पाएको औपनिवेशिक फौजदारी संहितालाई छोड्ने बेला आएको छ’, कानून तथा मानवअधिकारमन्त्री यासोन्ना लाओलीले संसदमा भने।

मंगलबार पारित भएको संहिताका केही विवादास्पद धाराहरूमा विवाहपूर्व र विवाहेतर यौन सम्बन्धका साथै अविवाहित जोडीहरूको सहवासलाई अपराधीकरण गरिएको छ। समलिंगी विवाहमा रोक लगाइएको इन्डोनेसियामा यी नियमहरूले  एलजबीटीक्यू समुदायमा ठूलो प्रभाव पार्न सक्ने डर पनि छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *