आफ्नो तेलको मूल्यमा सीमा तोकिएपछि रूसको कडा प्रतिक्रिया र धम्की
काठमाडौं । युक्रेनसँग युद्ध लडिरहेको रुसलाई झटका दिँदै पश्चिमी देशहरूले रुसी तेलको मूल्य प्रति ब्यारेल ६० डलर तोकेका छन् । तर, रुस पश्चिमी देशको यो निर्णयबाट कत्ति पनि सन्तुष्ट छैन । रसियाले उत्पादन घटाउनु परे पनि कुनै पनि हालतमा यो मूल्य क्याप अनुसार तेल बिक्री नगर्ने स्पष्ट पारेको छ ।
शुक्रबार अमेरिका, अष्ट्रेलियालगायत प्रमुख पश्चिमी मुलुकले रुसी तेलको प्रतिब्यारेल मूल्य ६० डलरमा राख्ने सहमति गरेका थिए । रुसलाई आर्थिक प्रहार गर्न पश्चिमी देशहरूले यो निर्णय लिएका हुन् । यसो गर्दा रुसले युक्रेनमा विनाश मच्चाउन प्रयोग गरिरहेको कोषमा कमी आउने विश्वास पश्चिमी देशहरूले गरेका छन् ।
रुसका उपप्रधानमन्त्री अलेक्ज्याण्डरले रुसी तेलको प्रति ब्यारेल मूल्य ६० डलरमा पश्चिमी देशहरूको सहमतिमा आइतबार कडा बयान दिएका छन् । उनले पश्चिमी देशको यो कदम स्वतन्त्र व्यापार नियमविपरीत भएको बताए । उनले पश्चिमी मुलुकको यो निर्णयले तेलको आपूर्ति घटाएर विश्व ऊर्जा बजारमा अस्थिरता निम्त्याउन सक्ने बताए ।
रुसी उपप्रधानमन्त्री नोभाकले थप भने, ‘अलि उत्पादन घटाउनु परे पनि बजारको अवस्था अनुसार हामीसँग काम गर्ने देशलाई मात्रै तेल बेच्ने छौँ । रसिया लगायत अन्य धेरै देशहरूलाई पनि असर गर्छ।’
भर्खरै, रूसका विदेश मन्त्री सर्गेई लाभरोभले मूल्य क्यापको बारेमा एक बयान दिए। उनले भनेका थिए कि रसिया मूल्य क्यापको बारेमा चिन्तित छैन। रुसी विदेशमन्त्रीले हामीसँग व्यापार जारी राख्न चाहने देशले पश्चिमा मुलुकको मूल्य निर्धारणमा ध्यान दिन नहुने र कार्यान्वयन गर्नेलाई कुनै किसिमको ग्यारेन्टी दिन नसकिने स्पष्ट रुपमा भनेका थिए ।
रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मूल्य क्यापलाई बजारको विपरीत भएको बताउँदै सामान बेच्ने र किन्नेले मात्रै निर्णय गर्नुपर्ने बताए । उनले कसैलाई सजाय दिन यस्तो गर्न नहुने बताए।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने पश्चिमा देशहरूले रुसी तेलको मूल्य तोके पनि युक्रेन त्यसमा सन्तुष्ट छैन। युक्रेनका राष्ट्रपति जेलेन्स्कीले रुसी तेलमा पश्चिमी देशहरूले कमजोर मूल्य तोकेको बताएका छन्। तय गरिएको मूल्य रूसको लागि धेरै सहज छ।
रुस विश्वमा तेलको सबैभन्दा ठूलो निर्यातकर्ता हो। फेब्रुअरीमा युक्रेनमा युद्ध सुरु भए पनि रुसले भारतलाई सहुलियत दरमा ठूलो मात्रामा तेल आपूर्ति गरिरहेको छ । यो आपूर्ति पनि पछिल्ला केही महिनामा बढिरहेको छ। सुरुमा अमेरिकाले यसप्रति असन्तुष्टि व्यक्त गरे पनि पछि नरम पारेको थियो । योसँगै भारतले पनि नागरिकको हितमा हुने कुनै पनि सम्झौता हुने स्पष्ट पारेको छ ।
भारतले पनि मूल्य क्यापको बारेमा कुनै चिन्ता व्यक्त गरेको छैन। भारतका पेट्रोलियम मन्त्री हरदीप सिंह पुरीले पश्चिमा देशको मूल्यवृद्धिलाई लिएर सरकार कुनै दबाबमा नरहेको स्पष्ट पारेका थिए । उनले जे निर्णय गरिन्छ, त्यो बेलामा देख्ने बताएका थिए ।







डिसी नेपाल







Facebook Comment