चीनले पूर्व राष्ट्रपति जियाङ जेमिनलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्यो
काठमाडौं । चीनले राजधानी बेइजिङमा आफ्ना पूर्व राष्ट्रपति जियाङ जेमिनलाई अन्तिम श्रद्धाञ्जली दिएको छ। सन् १९८९ मा तियानमेन स्क्वायरमा प्रदर्शनकारीमाथिको क्र्याकडाउनपछि जियाङले सत्ता हातमा लिएका थिए। उनलाई चीनको अर्थतन्त्रको प्रगतिका लागि सधैं सम्झना गरिन्छ।
उनको शासनकालमा चीन विश्व व्यापार संगठनको हिस्सा बन्यो। उनको कार्यकालमा बेलायतले हङकङ चीनलाई सुम्पेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीले जियाङ जेमिनले बुधबार अन्तिम सास लिएको जनाएको छ । उनी ९६ वर्षका थिए । उनको सोमबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
चिनियाँ राष्ट्राध्यक्ष सी जिनपिङले ग्रेट हल अफ द पिपुलमा जियाङ जेमिनको सम्झनामा करिब एक घण्टा भाषण दिए ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment