१५५ जना महिलालाई धोका दिएर करोडौं ठगी गर्ने ‘रोमान्स स्क्यामर’ जेल पुगे
काठमाडौं । ठगी मुद्दामा ५८ वर्षीय पुरुषलाई जेल सजाय सुनाइएको छ । उनले करिब १५५ महिलालाई ६ करोड रुपैयाँभन्दा बढीको ठगी गरेका थिए । उनी अनलाइन महिलालाई आफ्नो जालमा फसाएर पैसा निकाल्ने गर्थे । उनलाई ‘रोमान्स स्क्यामर’ को संज्ञा दिइएको छ।
कुरा अमेरिकाको न्यु जर्सीको हो । गत शुक्रबार ५८ वर्षीय प्याट्रिक गिब्लिनलाई अदालतले ५ वर्षको जेल सजाय सुनाएको थियो । गिब्लिनले प्रायः सिंगल महिलालाई लक्षित गर्थे । उसले डेटिङ साइट र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत महिलाहरूसँग मिलन गर्दथ्यो र त्यसपछि उनीहरूलाई ठगी गर्दथे।
न्युयोर्क पोस्टको रिपोर्ट अनुसार एट्लान्टिक सिटीका प्याट्रिक गिब्लिनलाई विधवा, अपाङ्गता भएका महिला र एकल आमालाई धोका दिएकोमा दोषी ठहर गरिएको छ। उनी यसअघि पनि पटकपटक ठगी मुद्दामा पक्राउ परेका थिए । त्यसपछि उनलाई २० लाख जरिवाना गरिएको थियो । उनी दुई पटक हिरासतबाट भागेका पनि छन् ।
गिब्लिन धेरै वर्षदेखि यो ठगीमा संलग्न रहेको अभियोजकहरूले बताएका छन् । उनले पहिले महिलाहरूलाई भावनात्मक रूपमा नियन्त्रण गर्थे र त्यसपछि लोभ र दबाब प्रयोग गरी पैसा असुल्ने गर्थे। यस क्रममा उनले सबै चाल अपनाए ।
कोही महिलालाई उनले आफूलाई न्यायाधीशको छोरा भनेका थिए भने कसैलाई निकै धनी व्यक्ति । केही महिलाहरूलाई गिब्लिनले आफू आर्थिक संकटबाट गुज्रिरहेको बताए। तर यथार्थमा त्यो सबै झुट थियो । उनलाई जुवा खेल्ने लत थियो । पैसा ठगी गरेर आफैं खर्च गर्थे । उनलाई व्यावसायिक अपराधीको रुपमा व्याख्या गरिएको छ ।







डिसी नेपाल







Facebook Comment