साउदी अरबमा भीषण वर्षाका कारण सहर जलमग्न, विद्यालय बन्द
काठमाडौं । साउदी अरबमा भारी वर्षाका कारण सोमबार विद्यालय बन्द भएका छन् । आगामी दिनमा भारी वर्षाको सम्भावना रहेकाले बाढीको अवस्था आउन सक्ने बताइएको छ । तर, देशका धेरै क्षेत्रमा यस्तो अवस्था सिर्जना भइसकेको छ ।
साउदी अरबको मौसम विज्ञान केन्द्रले आइतबार साँझदेखि बिहीबारसम्म मक्का क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
मक्काका जेद्दाह, रबिघ, तैफ, जामुम, अल कामिल, खुलाईस, अल लैथ, अल कुन्फुधा, अल अर्दियात, अधम र मेसानलगायतका धेरै क्षेत्रहरूलाई सतर्क गराइएको छ।
जेद्दाहमा, शिक्षा महानिर्देशनालयका प्रवक्ता हम्मुद अल-सोकरनले जेद्दाह, रबिघ र खुलाईसका विद्यालयहरू सोमबार बन्द रहने घोषणा गरे।
सबै सुरक्षा मापदण्डलाई ध्यानमा राखेर मौसम विभागबाट प्राप्त प्रतिवेदनका आधारमा यो निर्णय गरिएको उनले बताए । तर, सबै विद्यार्थीका लागि अनलाइन कक्षा सञ्चालन हुनेछन् । यससँगै विद्यालय प्रशासनसँग आवद्ध महिला तथा पुरुष कर्मचारीले पनि अनलाइनबाटै काम गर्नेछन् ।
يحدث الآن?⚡️
بداية الحالة المطرية الغزيرة على جدة قرب دوار الجمل وإنقاذ عدد من العوائل.
#جده_lلان #امطار_جده
– pic.twitter.com/R6SFSWkd44— خلف الدوسري (@kalafaldossry) December 11, 2022
साउदी अरबमा भारी वर्षा र भारी पानी जम्मा भएको भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा व्यापक रूपमा शेयर भइरहेको छ।
यस्तै एउटा भिडियो जेद्दाबाट बाहिर आएको छ जहाँ सडकमा भारी पानी जमेको देखिन्छ । त्यस्तै अल-बाहा क्षेत्रबाट पनि बाढीको तस्बिर बाहिर आएको छ ।
मक्काबाट भारी वर्षाको बावजुद मानिसहरु काबामा भेला भएको भिडियो सार्वजनिक भएको छ ।







डिसी नेपाल







Facebook Comment