हेटौंडामा प्रहरीकै सामुन्ने चक्कु प्रहार गरेर दुई युवक फरार

डिसी नेपाल
२६ मंसिर २०७९ १७:३२
60
Shares

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ मा चक्कु प्रहार गरेर दुई जना युवा फरार भएका छन् ।

बागमती प्रदेशको अर्थ मन्त्रालय गेटमा सामान्य भनाभनपछि हातपात भएकोमा हेटौंडा ५ सिँचाइ टोल बस्ने अन्दाजी ३५ वर्षका दानिल न्यौपानेलाई चक्कु प्रहार गरेर हेमन्त थापा मगर र असिम बर्तौला फरार भएका छन् ।

घटनामाथि अनुसन्धान भइरहेको र घाइतेको मकवानपुर सहकारी अस्पतालमा अस्पतालमा उपचार भइरहेको बताइएको छ । घाइते न्यौपानेको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । न्यौपानेको कन्चट, कोखाबाट रगत बगेको देखिएको प्रत्यक्षदर्शीले बताए ।

बागमती प्रदेशको आर्थिक मामिला मन्त्रालय गेटैमा दुई पक्षबीच हानाहान भएको थियो । मन्त्रालयसँगै रहेको पुनरावेदन अदालत पाटन हेटौंडा इजलास, जिल्ला अदालत मकवानपुर,जिल्ला मालपोत कार्यालयमा सुरक्षाकर्मी खटिरहेको अवस्थामा घटना भएको हो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *